एनआईडिसी ५६ औं वर्षमा

२०७१ असार २ गते, सोमबार


काठमाडौं, २ असार । एन आई डि सी डेभलपमेन्ट बैंक ५६औं वर्षमा प्रवेश गरेको छ । बैंकले आइतबार राजधानीमा कार्यक्रम गरी वार्षिकोत्सव मनायो । विक्रम संवद् २०१६ सालमा स्थापना भएको बैंकले आफ्नो क्षमता विस्तार र पूँजी बृद्धि गरी पूर्वाधार विकास बैंकमा रुपान्तरण हुने योजनालाई छिट्टै मूर्तरुप दिने जनाएको छ । बैंकको अधिकृत पूँजी १ सय २० करोड, जारी पूँजी ६० करोड र चुक्ता पूँजी ४१ करोड ५८ लाख रुपैयाँ रहेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु