नाफा कमाउदै आयल निगम

२०७१ असार ३ गते, मंगलवार

काठमाडौ, ३ असार।भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ भाउ अनुसार नेपाल आयल निगमलाई खाना पकाउने ग्यास बाहेक अरु सवै पेट्रोलियम पदार्थमा नाफा भएको छ ।नयाँ भाउ अनुसार पेट्रोलमा मासिक २० करोड ४४ लाख र डिजलमा ३ करोड १३ लाख रुपैयाँ नाफा भएको छ । यस्तै मट्टितेलमा ३ करोड ४७ लाख, आन्तरिक हवाई इन्धनमा ११ करोड ७० लाख र अन्तर्राष्ट्रिय हवाई ईन्धनमा ३२ करोड ३४ लाख रुपैयाँ नाफा रहेको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।तर खाना पकाउने ग्यासमा भने धेरै घाटा छ । अहिले ग्यासको मासिक घाटा ८३ करोड १६ लाख रुपैयाँ रहेको निगमले जनाएको छ । एक सिलिन्डर ग्यासमा निगमलाई ५ सय ५९ रुपैयाँ घाटा छ । अरु इन्धनमा फाइदा भएपनि ग्यासमा रहेको नोक्सानीले निगमको मासिक घाटा अझै १२ करोड ८८ लाख छ ।
१५ दिन अघिको भाउ अनुसार मासिक घाटा २८ करोड रहेपनि नयाँ भाउ अनुसार ग्यास बाहेक अरुमा नाफा बढेकोले मासिक घाटा केही कम भएको हो । अहिले ग्यास बाहेक सवै पेट्रोलियम पदार्थमा नाफा रहेकोले स्वचालित मुल्य प्रणालीमा जान उपयुक्त समय रहेको घिमिरेले बताए ।
संसदीय समितिले पनि निगमलाई स्वचालित मुल्य प्रणालीमा जान सुझाव दिएको छ । समितिको प्रतिवेदन अध्ययन भैरहेको भन्दै निगममा प्रवक्ता घिमिरेले पेट्रोलियम आपूर्तिबारे छिट्टै केहि नयाँ निर्णय हुने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु