दुई लाख नयाँ कर दाता थपिए

२०७१ असार ६ गते, शुक्रबार

काठमाडौं, ६ असार ।सरकारले ल्याएको विभिन्न स्किम र कर सचेतना अभियानका कारण यो वर्ष २ लाख भन्दा धेरै नयाँ करदाता थपिएका छन् ।
सरकारी लक्ष्य अनुसार २ लाख भन्दा धेरै करदाता बढेका आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले बताए ।आयकर तर्फ सवैभन्दा धेरै १ लाख ३५ हजार करदाता बढेका छन् । यस्तै मुल्य अभिबृद्धि कर भ्याट तर्फ ११ हजार, अन्तशुल्क तर्फ ४१ हजार करदाता बढेको शर्माले बताए । करको दायरामा नआएका ब्यबसायीलाई दायरामा ल्याउन ल्याइएको स्किमका कारण १० हजार नयाँ करदाता थपिएको उनले दाबी गरे ।नयाँ करदाता बढेसंगै करको दायरा फराकिलो भएपछि राजस्व संकलन पनि बढेको छ । आन्तरिक राजस्व विभागले जेठ मसान्तसम्म १ खर्ब १७ अर्ब राजस्व उठाइसकेको छ । यो लक्ष्य भन्दा २ अर्ब रुपैयाँ धेरै हो । असार मसान्तसम्म १ अर्ब ३७ अर्बको लक्ष्य राखिएकोमा लक्ष्य भन्दा ५ अर्ब धेरै उठ्ने देखिएको शर्माले बताए ।
आन्तरिक राजस्वको बृद्धिदर अहिले १८ प्रतिशत छ । भ्याटको बृद्धिदर २१ प्रतिशत, आयकरको बृद्धिदर १३ प्रतिशत र अन्र्तशुल्कको बृद्धिदर २८ प्रतिशत रहेको महानिर्देशक शर्माले जानकारी दिए ।
यसैबीच आन्तरिक राजस्व विभागले घरबहाल करको बारेमा जनचेता जगाउन र कर उठाउन असार ९, १० र ११ गते देशका बिभिन्न ठाउँमा विशेष कर शिविर चलाउने भएको छ ।काठमाडौं उपत्यकाका १५ सहित देशभरमा ५० ठाउँमा विशेष कर शिविर गरिनेछ । शिविरमा घरबहाल करबारे जनचेतना जगाउनुका साथै र घरधनीले बहाल कर बुझाउन र प्यान नम्बर लिन सक्ने विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु