कर उठाउन शिविर

२०७१ असार ९ गते, सोमबार

काठमाडौ, ९ असार । घरबहाल कर संकलनमा विशेष जोड दिदै आजदेखि ३ दिने कर शिविर सुरु हुँदैछ । ‘समयमै वहालकर तिरौं, दण्ड जरिवानाबाट बचौं’ भन्ने नारा सहित ३ दिने कर शिविर सञ्चालन गर्न लागेको आन्तरिक राजस्व विभागले जनाएको छ । काठमाडौ उपत्यकाका १५ वटा करदाता सेवा कार्यालय सहित देशभरका कर कार्यालय गरी ५० वटा ठाउँमा विशेष कर शिविर सञ्चालन हुने विभागका महानिर्देशक टंकमणि शर्माले बताए । शिविरमा वहाल मार्फत आयआर्जन गरी वहालकर नबुझाउने व्यक्तिहरुलाई करको दायरामा ल्याउने, स्थायी लेखा नम्बर जारी गर्ने, करदाता शिक्षा प्रदान गर्ने, कर रकम तथा विवरण बुझ्ने, घरबहाल कर पुस्तिका बितरण लगायतका काम गरिने शर्माले बताए ।
कर शिविरमा घरबहाल करलाई प्राथमिकता दिइएपनि अरु कर बुझाउन आउनेलाई समेत स्वागत गरिने महानिर्देशक शर्माले बताउनुभयो । यो बर्ष २ अर्ब ३१ करोड रुपैयाँ घरबहाल कर उठाउने लक्ष्य राखिएकोमा अहिलेसम्म २ अर्ब उठिसकेको छ । लक्ष्य अनुसार कर उठिरहे पनि घरबहालमा अझ धेरै उठ्न सक्ने सम्भावना रहेकोले जनचेतना बढाउन पनि शिविर चलाउन लागिएको उनले बताए । काठमाडौ उपत्यकामा मात्रै ५ लाख घर छन् । तीमध्ये ८० प्रतिशत भाडामा लगाइएको अनुमान छ । ती सबै घरबाट बहालकर उठाउन सके अहिलेको भन्दा दोब्बर कर उठ्ने विभागका महानिर्देशक शर्माले बताए । बहाल आयको १० प्रतिशत बहालकरको रुपमा बुझाउनुपर्ने ब्यवस्था छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु