नेवानि अर्को जहाज भित्र्याउदै

२०७१ असार १६ गते, सोमबार

काठमाडौँ ,१६ असार। चीनले अर्को नयाँ जहाज लिन राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमलाई बोलाएको छ । चीनले दिन लागेका ६ मध्ये पहिलो जहाज भने यहाँ आएर व्यापारिक उडान गरिरहेको छ ।जहाज अभावमा यात्रु र शाख गुमाउँदै आएको निगम चिनियाँ जहाजबाट आन्तरिक उडान बजारमा उल्लेख हिस्सा ओगट्ने रणनीतिमा छ ।
५६ सिट क्षमतायुक्त एउटा नयाँ जहाजले असार ११ बाट सहरी भेगका विमानस्थलमा नियमित उडान गर्न थालिसकेको छ । ‘अर्को एउटा नयाँ जहाज लिन चिनियाँ जहाज निर्माता कम्पनीबाट पत्र आएको छ, निगमका एक अधिकारीले भने,’ हामी दुई/तीन दिनभित्रै जहाज निरीक्षण गर्न जाँदैछौँ ।’ अर्को जहाज आएपछि बजारमा हिस्सा थप बढ्ने छ । दुर्गमको उडान संख्या पनि बढ्छ ।
जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट म्यानुफ्याक्वरिङ कर्पोरेशनवाट पत्र आएपछि निगमको टोली चीन जान लागेको हो । चीनले भने यसअघि निगमलाई दिएको आपूर्ति मितिअनुसार यो जहाज सोमबार काठमाडौंमा अवतरण गर्ने तालिका थियो । नेपाल र चीनवीच भएको जहाज खरिद विक्री सम्झौताअनुसार ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क’ मोडलका दुई र १८ सिटयुक्त वाई १२-ई मोडेलका चार जहाज उपलब्ध हुनेछन् ।तीमध्ये एउटा एमए-६० र एउटा वाई १२-ई अनुदान तथा एउटा एमए-६० र तीनवटा वाई १२-ई सहुलियत ऋणमा चीनले दिनेछ । निगमका अनुसार चीनले अहिले लिन बोलाएको जहाज अनुदानमा पाइने चाहिँ हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु