नेवानि ५६ औं वार्षिकोत्सव मनाउँदै

२०७१ असार १७ गते, मंगलवार


काठमाडौं, १७ असार । नेपाल वायुसेवा निगमले मंगलबार ५६ औं वार्षिकोत्सव मनाउँदैछ ।दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री सुशील कोइरालाले विगतको मूल्यांकन गर्दै भावी बाटो तय गर्न निगमलाई सुझाव दिएका छन् ।सरकारले खुला आकाश नीति अवलम्बन गरेपछि राष्ट्रिय ध्वजावाहक निगमको सञ्चालन र व्यवस्थापनमा निखार आउन नसकेको भन्दै निजी र अन्तर्राष्ट्रिय विमान कम्पनीले राम्रो नाफा आर्जन गरिरहेको बेला निगमले यात्रुको मन जित्न आन्तरिक सुधारमा ध्यान दिनुपर्ने प्रधानमन्त्री कोइरालाले जोड दिएका छन् ।
संस्थागत सुधार गर्दै कर्मचारीलाई निर्धारित काममा खटाउने, संस्थागत काममा प्रतिवद्ध बनाउने, भ्रष्टाचार र आर्थिक अनियमितता हुन नदिने, उडान सुरक्षाको प्रत्याभुति गर्ने लगायत काममा ध्यान केन्द्रित गर्न पनि उहाँले निगम प्रशासनलाई सुझाव दिएका छन् ।
स्थापना दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीम आचार्यले अहिले चुस्त भरपर्दो र नियमित सेवा दिने तथा नयाँ विमानको खरिदपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी रुपमा अघि बढ्ने विषयमा ध्यान दिनुपर्ने बताएका छन् ।
निगमका महाप्रवन्धक मदन खरेलले १ सय ५८ सिट क्षमताका २ वटा न्यारोबडी एयरबस तथा आन्तरिक उडानका लागि ६ वटा विमान चीनबाट ल्याउने तय भइसकेकाले निगमको ५७ अौं वर्ष महत्वपूर्ण रहेको बताए ।
१० बर्षे ब्यवसायिक योजना अन्तर्गत अन्तर्राष्ट्रिय उडानका लागि ९ र आन्तरिक उडानका लागि १६ गरी विमान संख्या २५ पुर्‍याइने लक्ष्यका साथ निगम अघि बढिरहेको उनले बताए ।५६ बर्षअघि स्थापना भएको निगम चुस्त ब्यवस्थापनको अभाव तथा राजनीतिक हस्तक्षेप लगायत कारणले थला पर्दै गएको छ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु