लोककल्याणकारी विज्ञापनको बढेको रकम कार्यान्वयन गर : पत्रकार महासंघ

२०७१ असार १८ गते, बुधबार


काठमाडौं, १८ असार – नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट, महासचिव उजिर मगर, सचिव संगीता खड्कालगायतको टोलीले सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल र अर्थमन्त्री डा.रामशरण महतसँगसमेत छलफल गरी उक्त रकम भुक्तानी व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
महासंघले २०७० साउनदेखि लागू हुनेगरी लोककल्याणकारी विज्ञापन बापतको २५ प्रतिशत वृद्धि रकम भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो । त्यसमा सरकार सकारात्मक भएको महासंघले जनाएको छ ।
यस विषयको माग गर्दै हिजो साउन १७ गते अर्थ मन्त्रालयमा धर्नामा बसेका केन्द्रीय सदस्यत्रय ईश्वरी वाग्ले, रामहरि सिलवाल, राजु लामा एवं काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षसहित ४५ जना पत्रकारलाई पक्राउ गरी ७ घण्टासम्म प्रहरी नियन्त्रणमा राखिएकोमा महासंघ केन्द्रीय समिति खेद व्यक्त गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु