सभासदलाइ ५० लाख

२०७१ असार २४ गते, मंगलवार

काठमाडौँ। सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ ।सभासदहरुले विगत एक महिनादेखि उक्त कार्यक्रमका लागि सवै क्षेत्रमा पाँच करोड रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामरशण महत, राष्ट्रिय योजना आयोगका पदाधिकारी, अर्थ मन्त्रालयका सचिव र बजेट महाशाखा प्रमुखलाई दबाब दिँदै आएका थिए ।सभासदको दबाबका कारण सरकारको नेतृत्व गर्ने दल कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले समेत पाँच करोड रुपैयाँ उपलब्ध गराउयन सरकारलाई आग्रह गरेको थियो । बजेटको अन्तिम तयारी गरिरहेको अर्थ मन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ उपलब्ध गराउने तयारी गरेको स्रोतले बतायो ।सभासदहरुको दबाबपछि प्रधानमन्त्री सुशील कोइरालाले उपचारका लागि अमेरिका जानुअघि अर्थमन्त्री डा. महतलाई बोलाइएर दिन मिल्ने भए ५० लाखसम्म दिनु भनेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु