सभासदलाई पाँच करोड दिए आन्दोलन

२०७१ असार २८ गते, शनिबार


काठमाडौं। सभासदहरुले माँग गरेबमोजिम पाँच करोड रकम विनियोजन गरे शाही युवा शक्ति नेपालले संविधानसभा घेराउ गर्नेदेखि लिएर देशभरि नै विरोधमा उत्रने चेतावनी दिएका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले सभासदहरुको मुख्य जिम्मेवारी भनेको समयमै संविधान जारी गर्ने हो भन्दै विकासको ठेक्का लिने गरि धम्कीपुर्ण रुपमा पाँच करोड बजेट नदिए बजेट पास हुन दिन्न भन्नु गैरजिम्मेवारीपन भएको बताएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पशुपती खड्काले सभासदहरुले पाँच करोड रकम माँग गरेर फेरि मुलुकमा भ्रष्टाचार बढाउन खोजेको आरोप लगाउँदै त्यसलाई कुनै पनि हालतमा कार्यन्वयन गर्न खोजिए लाँखौ युवाहरु सडकमा उत्रने चेतवानी दिए । उनले भने–विगतमा हामीले सभासदहरुले १० लाख पैसाको त सही सदुपयोग गर्न सकेनन् भने अहिले माँग गरेको पाँच करोड रकम विकासकै लागि खर्च हुनेमा आशंका छ ।
त्यस्तै अर्का वक्ता सुदिप भट्टराईले सभासदहरुले जनताको अभिमतको सम्मान गर्न नसकेको गुनासो गर्दै मुलुक विकासको ठेक्का लिने किसिमले दिएको अभिव्यक्ति निरंकुश भएको बताए । उनले सभासदहरुको मुख्य जिम्मेवारी भनेको तोकिएकै मितिमा लोकतान्त्रिक संविधान दिने भएको भन्दै त्यसको अलवा अन्य काममा नलाग्न चेतावनी पनि दिए । भट्टराईले सभासदहरुलाई रकम दिनु भनेको जानाजानी चुनावमा भएको खर्च उठाउन सहयोग गर्नु मात्रै भएको भन्दै जनताले तिरेको करको चरम दुरुपयोग नगर्न सरकारलाई चेतावनी समेत दिए ।
गायिका एवम् समाजसेवी अन्तरा श्रेष्ठले पनि सरकारले सभासदको नाममा जनतालाई मुर्ख बनाएर रकम दुरुपयोग गर्न खोजेको आरोप लगाउँदै सभासदहरुलाई पैसा माग्न भन्दा पनि संविधान लेखनमा सक्रियताका साथ लाग्न सुझाव दिईन् । उनले सभासदहरुले विगतदेखि अहिलेसम्मको परिपाटी हेर्ने हो भने सभासदहरुले कहिल्यै पनि देश र जनताको लागि काम नगरेको गुनासो गर्दै सरकारले कुनै पनि हालतमा रकम दिने काम रोक्नुपर्ने बताईन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु