आर्थिक वर्ष २०७१/७२ को बजेट सार्वजनिक गरिँदै
काठमाडौ, २९ असार । अर्थमन्त्री डाक्टर रामशरण महतले आर्थिक वर्ष २०७१/७२ को बजेट आज अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रिय योजना आयोगले ५ खर्ब ९६ अर्ब रुपैयाँ बजेटको सिलिङ तोके पनि सरकारले ६ खर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा मुलुकको आय २ खर्ब ६१ अर्ब रुपैयाँले वृद्धि भएको छ ।
यो वर्षको आर्थिक वृद्धिदरलाई ६ वर्षयताकै उच्च मानिएको छ । यसअघि सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको कुल राष्ट्रिय आय १९ खर्ब ६६ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।