घुस्याहा आयोजना प्रमुख रंगेहात पक्राउ
काठमाडौं । सहरी भवन निर्माण तथा सम्भार डिभिजन कार्यलयका प्रमुख सहित ५ जना घुस लिदा लिदै पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुस लिँदालिदै रंगेहात पक्राउ गरेको हो ।सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिदैँ गर्दा भौतिक पूर्वाधार विकास आयोजना प्रमुख उमलानन्द अधिकारी, ईन्जिनियर दीपा श्रेष्ठ, सहरी भवन विभाग अन्तर्गतको काठमाडौं शाखाका उपसचिव सुरेशकृष्ण शर्मा, लेखा अधिकृत यदबहादुर तिमल्सिना र शाखा अधिकृत रोशनकुमार कठायत पक्राउ परेका हुन् ।अनुसन्धानको लागि उनीहरुलाई अख्तियारको हिरासतमा राखिएको छ ।