फोहोरको कवाडीबाट एक अरबको कमाइ
काठमाडौँ । काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहोरबाट मात्रै वाषिर्क एक अरब बराबरको कवाडी सामानको कारोवार हुने गरेको बताइएको छ । तपाईं हामीले फालेको फोहोर संकलन गरेर काम लाग्ने सामानको संकलन गर्नेहरूले वाषिर्क एक अरब बराबरको कारोवार गर्ने गरेका बताइन्छ । यसका लागि विभिन्न व्यक्ति तथा संस्थाहरू क्रियाशील रहेका छन् । फोहोर संकलक व्यक्ति तथा कम्पनीदेखि डम्पिङ साइटमा कवाडी संकलकहरू यसमा क्रियाशील रहेका छन् । फोहोर मैला व्यवस्थापन प्राविधिक केन्द्रकी सुमित्रा अमात्यले काठमाडौँ उपत्यकाभित्र दैनिक ६ सय ५० मेटि्रकटन फोहोर उत्पादन हुने जानकारी दिइन् । यो नेपालमा उत्पादन हुने फोहोरको झण्डै आधा हो । त्यसमध्ये ६० प्रतिशत फोहोर कुहिने फोहोर हुने गरेको छ । बाँकी नकुहिने फोहोरमध्ये कवाडीमा जाने फोहोर कवाडी संकलकहरूले संकलन गर्ने गरेका छन् । फोहोरबाट मल उत्पादन हुन सक्ने उर्जाको स्रोत हुन सक्ने अध्ययनले देखाए पनि तत्कालै भने कवाडी संकलकहरूले फोहोरबाट मोहोर बनाइरहेको यसमा उनले बताइन् । हाल दर्ुइ सय ६० जना जतिले ओखरपौवामा फोहोरमा मिसिएको कबाड टिप्दै आइरहेका छन् । ठेकदारले आफूखुसी कबाडको मूल्य तोकेर ल्यान्डफिल साइटमै पैसा तिरेर सामान उठाउने गरेको कबाड संकलकहरू बताउँछन् । प्लास्टिकको सामान किलोको रु. १५ देखि १७ र फलामको सामान रु. १५ देखि रु. ३५ सम्म सिसडोलबाटै बिक्री हुने गरेको छ । काठमाडौंमा संकलन भएको कवाडीबाट बचेको सिसडोलमा संकलन हुने गरेको छ । धेरै कवाडी सामान काठमाडौंमा पनि संकलन हुने गरेको छ । नेपालमा उत्पादन हुने फोहोरमा अहिले ६५ प्रतिशत कुहिने खालको छ । नकुहिनेमा कवाड संकलनबाट पैसा कमाउन सकिएको जस्तै कुहिनेबाट मल उत्पादन हुन सक्ने केन्द्रकी प्रमुख अमात्यको भनाइ छ । कम्पोष्ट मल सँगै फोहोरबाट ग्याँस उत्पादन पनि हुन सक्छ । तर, हामीकहाँ प्रविधिको मात्र कुरा भएर काम भने हुन नसकेको अबस्था छ । फोहोर संकलन तथा व्यवस्थापनमा नगरपालिका, फोहोर मैला व्यवस्थापन प्राविधिक केन्द्र, लगानी बोर्ड तथा विभिन्न कम्पनीहरू काम गर्दै आएका छन् ।