ट्याक्सी भाडा बढ्यो

२०७१ श्रावण १७ गते, शनिबार


काठमाडौं , १७ साउन । यातायात व्यवस्था विभागले साउन महिनबाट लागु हुने गरि ट्याक्सीको भाडा बढाउने भएको छ । लामो समयदेखि भाडा संयोजन सहित २६ बुँदे माग राखी आन्दोलनरत ट्याक्सी व्यवसायी र विभागबीचको साउन महिनबाट ट्याक्सीको भाडा बढाउने सहमति भएको छ ।
आन्दोलनरत स्वास्तिक स्वारोजगार ऋणी ट्याक्सी व्यवसायी संघले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । यातायात विभागले २६ बुँदा मध्य पहिलो पहिलो नम्बरको माग भाडा समायोजन साउन महिनभित्र गर्ने र बाँकी २५ बुँदामा दुवै पक्षबीच वार्तार् गरी समाधान गर्ने सहमति भएको संघका अध्यक्ष प्रकाश बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा रामबहादुर थापाले आफूहरुले सरकार एउटा माग पूर्ा गर्ने र बाँकी मागहरुप्रति सकारात्मक छौ भनेपछि एक महिनाको लागि आन्दोलन स्थगित गरेको बताए ।
भाडाको समायोजन, ट्याक्सी पार्किङको व्यवस्था, ट्राफिक प्रहरीको धरपकड रोकिनुपर्ने, ट्याक्सी व्यवसायीमा बैंक व्यजदर घटाउनेपर्ने, ट्याक्सी मिटर लगायत २६ बुँदे माग राखी ट्याक्सी व्यवसायीहरु आन्दोलनमा थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु