आजदेखि लोडसेडिङ बढ्यो (तालिका सहित)

२०७१ श्रावण २४ गते, शनिबार


काठमाडौ, २४ साउन । नेपाल विद्युत प्राधिकारणले आजदेखि साताको ५९ घन्टा लोड सेडिङ गर्ने भएको छ ।सिन्धुपाल्चोकमा गएको पहिरोका १२ घन्टा लोडसेडिङ थप गरिएको प्राधिकरणले जनाएको छ । पहिरोका कारण ७ जलविद्युत आयोजना अवरुद्ध भएको र केही निजि क्षेत्रका साना जलविद्युत आयोजनाको मेसिन विग्रिकाले लोडसेडिङको समय थप गरिएको हो ।पहिरोका कारण भएका समस्या समाधानका लागि अझै केही दिन लाग्ने भएकाले लोडसेडिङ तत्कालै घट्ने सम्भावना नरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु