गरिब र सीमान्तकृतलाई नि:शुल्क बिजुली

२०७१ भाद्र १९ गते, बिहीबार

काठमाडौ, १९ भदौ। नेपाल विद्युत प्राधिकरणले असाहय , गरिब र सीमान्तकृत समुदायलाई निःशुल्क बिजुली जडान गर्ने भएको छ ।चालु आर्थिक वर्ष २०७१र०७२ का लागि ८ करोड रुपैंयाँ बजेट विनियोजन गरेर दलित, अति विपन्नलगायत सीमान्तकृत समुदायलाई निःशुल्क बिजुली जडान गर्ने भएको हो ।
प्राधिकरणले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सीमान्तकृतका लागि कार्यक्रम गर्न लागेको जनाएको छ । प्राधिकरणले वितरण लाइन विस्तार तथा मीटर जडान सहुलियत आयोजनाअन्तर्गत देशभरिका सीमान्तकृत समुदायका लागि निःशुल्क बिजुली जडान गर्ने कार्यक्रम अघि सारेको निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए ।
‘तारदेखि मीटर जडानसम्म प्राधिकरणले निःशुल्क रुपमा जडान गर्ने कार्यक्रम छ,’ पाण्डेले भने, ‘ग्राहक तथा वितरण निर्देशनालय अन्तर्गतका आठ क्षेत्रीय कार्यालयमा १र१ करोड रुपैंयाँ छुट्टाएर कार्यक्रम अघि बढाउँछौं ।’
प्राधिकरणका अनुसार आठ क्षेत्रीय कार्यालयले आफ्ना वितरण केन्द्रहरुको मागको आधारमा बजेट दिएर ती समुदायमा निःशुल्क बिजुली जडान गर्ने प्रवन्ध गर्नेछ ।
कार्यक्रमअन्तर्गत दलित, निरपेक्ष समुदायलाई पोल, तार, मीटरलगायतका बिजुली जडानका लागि सबै उपकरण र आवश्यक खर्च प्राधिरकणले निःशुल्क रुपमा दिने योजना छ । प्राधिरकणका अनुसार स्टिल पोल राखिने क्षेत्रमा सरदर १२ हजार रुपैंयाँ बराबरको उपकरण सीमान्तकृत समुदायले निःशुल्क पाउनेछन् ।
सीमान्तकृत जातजातिका सर्वसाधारणले निःशुल्क बिजुली जडानको सुविधाका लागि ती समुदायसँग सम्बन्धित संघरसंस्था तथा निकायमा समेत पत्र पठाएर अनुरोध गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार