आइतबारदेखि दसैंका लागि नयाँ नोट

२०७१ भाद्र २६ गते, बिहीबार


काठमाडौ, २६ भदौ । राष्ट्र बैंकले आउँदो दशैमा करिब २५ अर्ब बराबरको नयाँ नोट बितरण गर्ने जनाएको छ । नयाँ नोट आगामी आइतबार देखि वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । दशैं, तिहार र छठपर्बलाई लक्षित गरि देशका विभिन्न ठाउँबाट नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले काठमाडौ, विराटनगर, जनकपुर, वीरगञ्ज, भैरहवा, पोखरा, नेपालगञ्ज र धनगढी शाखाबाट वितरण गर्ने छ ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैंयाका नयाँ नोट वितरण गर्न लागेको हो । नयाँ नोट प्रतिव्यक्ति २२ हजार रुपैँया सम्म दिने व्यवस्था मिलाइएको छ । केन्द्रीय बैंकले नयाँ नोटको अभाव हुन नदिने अन्य वित्तिय संस्थाहरुलाई पनि वितरणको जिम्मा दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु