सार्वजनिक यातायातको भाडा नबढ्ने
काठमाडौ, १४ कात्तिक। सार्वाजनिक यातायातको भाडा तत्काल नबढ्ने भएको छ । यातायात व्यवस्था विभागले १५ दिनका लागि तत्काल भाडा नबढाउने गरी स्थगन गरेको छ ।१५ दिनमा त्यसको अध्ययन गरेर निर्णय हुनेछ । भोलिदेखि बढ्ने गरी यसअघि सरकार र यातायात व्यवसायीबीच सहमति भएको थियो । संसदको उद्योग बाणिज्य तथा हित संरक्षण समितिले दिएको निर्देशन कार्यान्वयन गर्दै सरकारले भाडा बढाउने निर्णय तत्काल स्थगन गरेको हो ।