पेट्रोलियम पदार्थको मूल्य घट्दै

२०७१ कार्तिक १६ गते, आईतवार


काठमाडौँ । नेपाल आयल निगमको आज बस्ने सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ ।निगम प्रवक्ता मुकुन्द घिमिरेले आजै बस्ने सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने सम्भावना रहेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा व्यापक गिरावट आएपछि नेपालमा पनि मूल्य घटाउन लागिएको हो । निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा हुने उतारचढाब अनुसार भारतीय आयल कर्पोरेशन ‘आईओसी’ ले पठाउने मूल्य सूचीका आधारमा हरेक १५ दिनमा मूल्य समायोजन गर्ने निर्णय गरेको थियो ।
घिमिरेका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ६० पैसा र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ ४१ पैसा घट्ने छ । निगमले यसअघि गत कात्तिक १ गते पेट्रोलमा प्रतिलिटर २ दुई रुपैयाँ ५९ पैसा र डिजेल र मट्टितेलमा २ रुपैयाँ ६ पैसा घटाएको थियो ।
हाल पेट्रोलको मूल्य काठमाण्डु उपत्यकामा प्रतिलिटर १ सय ३० रुपैयाँ ४७ पैसा तथा डिजेल र मट्टितेलको मूल्य १ सय ३ रुपैयाँ १७ पैसा छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार