इलाममा किवीखेती मौलाउदै

२०७१ कार्तिक २८ गते, शुक्रबार


काठमाडौँ । इलाममा व्यवसायिक किवीको खेती गर्न थालिएको छ । उल्लेख्य आम्दानी हुने देखेर किसानहरु किवीखेतीमा आकर्षित भएका हुन् ।
इलामको सुलुबुंग ५ तालगाउँका तारामणि खतिवडाले १७ वर्षदेखि खाँदै आएको नायव सुब्बास्तरको जागिर छाडेर डेढ वर्षअघि जिल्लामै पहिलोपटक यसको खेती सुरु गरेका थिए ।उनीबाट प्रेरित भएर अहिले सुलुबुंगलगायत जिल्लाका दर्जनौं गाउँमा यसको खेती विस्तार भएको छ । इलामलाई गत वर्ष नै सरकारले किवी जिल्ला घोषणा गरिसकेको छ ।
जिल्लाका जमुना, सुम्बेक, माबु, पंञ्चकन्या, साँखेजुंग, इलाम नगरपालिकालगायतका स्थानहरुमा गत वर्षदेखि नै यसको खेती सुरु भएको थियो भने यो वर्ष पनि कृषकहरुले १० हजार किवीका विरुवा रोपेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार