काठमाडौँ–दिल्ली सीधा बस सेवा सुरु हुदै

२०७१ मंसिर ९ गते, मंगलवार


काठमाडौँ, ९ मङ्सिर । आजदेखि सरकारीस्तरमा नेपालको काठमाडौँ र भारतको नयाँदिल्ली सीधा बस सेवा सञ्चालनमा अाउने भएको छ ।
सिंहदरबारमा आज अपराह्न प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नदरेन्द्र मोदीले बस सेवाको उदघाटन गर्नेछन् ।
उदघाटनलगत्तै आजै साँझ पाँच बजे दिल्लीका लागि बस छुट्नेछ । यसअघि निजी क्षेत्रबाट मात्र काठमाण्डु–दिल्ली बस सेवा सञ्चालनमा थियो ।
दुई प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सम्झौता गरेपछि बस सेवा उद्घाटन हुने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
आजबाट दिल्लीमा युनियन रोड ट्रान्सपोर्ट एवम् हाइवेमन्त्री नितीस गड्कारीले बस सेवा उद्घाटन गर्नेछन् । काठमाडौँ– दिल्लीका लागि प्रतियात्रु भाडा ३ हजार ६ सय ८० रुपैयाँ तोकिएको छ । हरेक दिन बिहान ९ बजे काठमाण्डुबाट एउटा र दिल्लीबाट एउटा बस छुट्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार