उकालो लाग्यो सुनको भाउ

२०७१ मंसिर १७ गते, बुधबार


काठमाडौं । लगातार घट्ने सम्भावना देखिएको सुनको भाउ एक्कासी बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढ्न थालेसंगै भाउ बढ्न थालेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भाउ घटेर सुन प्रतिऔंस ११ सय डलरमा झर्ने अनुमान गरिएपनि हिजो बढेर १२ सय ३ डलर पुगेको छ । यसले गर्दा नेपाली बजारमा पनि हिजो सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढ्न गयो । ४९ हजार ८ सयबाट बढेर सुन हिजो तोलामा ५१ हजार ५ सय रुपैंया पुगेको थियो ।
सुनमा लगानी बढ्दै गएकाले अझै भाउ बढ्ने सम्भवना रहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार