पेट्रोलियम पदार्थको भाउ फेरि घटयो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । निमगले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलको भाउ २ रुपैयाँ ५० पैसा घटएको छ ।त्यसैगरी मट्टीतेल र डिजेलको भाउ पनि निगमले २ रुपैयाँ घटाएको छ । निगमले साविकको मुल्यमा पेट्रोलमा २ रुपैया ५० पैसा घटाएको हो । त्यसैगरी मट्टीतेल र डिजेलको मूल्यमा पनि २ रुपैयाँ मुल्य घटाउने निर्णय पनि निगमले गरेको छ ।
निगमले मूल्य घटाएपछि अब पेट्रोल प्रतिलिटर १ सय १३ रुपैयाँ ५० पैसामा किन्न सकिने छ । त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँमा किन्न सकिने निगमले जनाएको छ। निगमले स्वचालित मूल्य लागू गरेपछि पेट्रोलियमको मूल्य घटनाएको यो साताैं पटक हो ।