डडेलधुराको मुख्य बजारमा आगलागी

२०७१ पुष २० गते, आईतवार

काठमाडौं। डडेलधुरामा सदरमुकाममा भीषण आगलागी भएको छ । आगलागीमा १९ पक्की घर जलेर नष्ट भएका छन् । मध्यरातिबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।सदरमुकामको मुख्यबजारको एक पसलबाट आगलागी सुरु भएको र पसलसँगै ग्याँस पसल रहेको र ग्याँसमा समेत आगो सल्किएका कारण आगलागी नियन्त्रणमा कठिनाइ भएको बताइएको छ ।
आगलागीमा अहिलेसम्म मानवीय क्षेति भने नभएको बताइएको छ ।
प्रहरीले आगलागीबाट डेढ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । नेपाली सेना, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार