होटेल अन्नपूर्णमा राजस्वको छापा
काठमाडौ । राजस्व अनुसन्धान विभागले पाँचतारे होटेल अन्नपूर्णमा छापा मारेको छ। होटेलविरु द्ध परेको उजुरीको आधारमा छापा हानिएको राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक भरत सुवेदीले जानकारी दिए। विभागले होटेलको कम्युटरमा रहेका विभिन्न तथ्यांक तथा आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको छ। अनुसन्धानपछि मात्र यसको विषयमा भन्न सकिने विभागले जनाएको छ।
केही दिनअगाडि होटेलको व्यवस्थापन थाइल्यान्डको दुसित थानी इन्टरनेसनलले लिएको थियो। होटेलको व्यवस्थापन थाई कम्पनीलाई दिने विषयमा केही सेयरधनीले विरोध जनाएका थिए।