माथिल्लो हुग्दी जलविद्युतको उत्पादन फागुनदेखि

२०७१ माघ ३ गते, शनिबार

काठमाडौं । गुल्मीको माथिल्लो हुग्दी जलविद्युत् आयोजनाको व्यवसायिक उत्पादन डेढ महिनाभित्र सुरु हुने भएको छ । आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले डेढ महिनाभित्र व्यवसायिक उत्पादन सुरु हुने प्रालिले जनाएको छ । रुरु जलविद्युत् परियोजना प्रालिद्वारा प्रवर्द्धित यो आयोजना नेपालमै पहिलो पटक र्सार्वजनिक-निजी-साझेदारी-सहकारी अर्थात पीपीपीसी मोडेलमा र जलविद्युत् आयोजनामध्ये सबैभन्दा धेरै एकहजार जना पर््रवर्द्धकबाट सुरु गरिएको हो । आयोजनाको पावर हाउस निर्माण, प्रशारण लाइन जडान लगायतका काम अन्तिम चरणमा रहेकाले माघ पहिलो साता ड्राइ टेस्ट र दोस्रो साता वेट टेस्ट गरी डेढ महिनाभित्र व्यवसायिक उत्पादन सुरु हुने प्रोजेक्ट म्यानेजर गोबिन्द चालिसेले बुटवलमा सम्पन्न प्रालिको नवौं साधारणसभामा जानकारी दिए । २०६९ फागुनमा शिलान्यास भएको आयोजनाका लागि गुल्मीको रूपाकोट खसीमारामा पावरहाउस -विद्युत् गृह), हरेवा गाविसमा २० मिटरको बाँध र इन्टेक निर्माण सम्पन्न भएको चालिसेले बताए । यस्तै ३३ सय ४० मिटर पाइप बिछ्याइसकिएको र नेपाल विद्युत् प्राधिकरणको गुल्मी बीरबासस्थित सवस्टेसनसम्म जोड्नका लागि १२ किलोमिटर ट्रान्समिसन लाइन जोड्ने काम ९५ प्रतिशत पूरा भएको प्रोजेक्ट म्यानेजर चालिसेले बताए । अहिले पावरहाउसमा इलेक्ट्रो मेकानिकल इक्युपमेन्ट लगायतका सामानहरू जोड्ने काम भैरहेको र बाँकी रहेको ५ प्रतिशत काम पुरा भएपछि डेढ महिनाभित्र नियमित विद्युत् उत्पादन सुरु गर्ने आयोजनाका कार्यकारी अध्यक्ष हिमप्रसाद पाठकले बताए । आयोजनाबाट हिउंदमा २ मेगावाट र वषर्ायाममा ४ देखि ५ मेगावाट विद्युत् उत्पादन हुने छ । कुल लागत ८१ करोड ५० लाख रूपैयाँ रहेको आयोजनामा हालसम्म ६१ करोड ४५ लाख ६३ हजार ९ सय ३१ रूपैयाँ लगानी भएको छ । कुल लगानीमध्ये साहस हाइड्रो पावर कम्पनी लि.को २३ करोड ११ लाख सन्तानब्बे हजार तीन सय रूपैयाँ -८५ प्रतिशत र प्रालिका प्रबन्ध निर्देशक समेत रहेका भरत नेपालको ४ करोड ३८ लाख २ हजार ७ सय -१५ प्रतिशत) लगानी रहेको छ । जलविद्युत् आयोजनामा करिब एक हजार जना लगानीकर्ता प्रवर्द्धक छन् । पर््रवर्द्धकहरूको २७ करोड ५० लाख रूपैयाँ लगानी भएको छ भने बाँकी रकम ५ वटा बैंकहरूको ऋण लगानी हो । जसमा क्लिन इनर्जी डेभलपमेन्ट बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, भिबोर बैंक र सेन्चुरी बैंकको लगानी रहेको जलविद्युत् परियोजनाका प्रबन्ध निर्देशक भरत नेपालले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार