राष्ट्रिय औद्योगिक प्रर्दशनी फागुन ६ देखि

२०७१ माघ ९ गते, शुक्रबार

काठमाडौ । आगामी फागुन ६ गतेदेखि राष्ट्रिय औद्योगिक प्रर्दशनी हुने भएको छ । “Made in Nepal मा गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ” भन्ने मूल सन्देशका साथ आयोजना हुन लागेको सो प्रर्दशनीमा ७५ जिल्लाबाट दुई उद्यमीका दरले सहभागिता जनाउने छन् । सो प्रर्दशनीमा दुई सयभन्दा बढि स्टल रहने आयोजक संस्था घरेलु विकास समितिले जानकारी दिएको छ ।घरेलु विकास समितिका उप कार्यकारी निर्देशक नारायण लामिछानेले प्रर्दशनीमा लघु, घरेलु तथा साना उद्योगका साथै नविकरणीय उर्जाको स्टल समेत रहने जानकारी दिए । फागुन १० गतेसम्म सञ्चालन हुने प्रर्दशनीमा पुष्प व्यवसाय र वनस्पती व्यवसायका स्टल समेत समावेश गरिने छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार