भ्यालेन्टाइन डे’ को लागि रातो गुलाबको माग अत्यधिक

२०७१ माघ १७ गते, शनिबार

काठमाडौं । यस वर्षपनि प्रणय दिवस (भ्यालेन्टाइन डे) का लागि भारतबाट पे्रमको प्रतीक मानिने रातो गुलाबको फूल करिब एक लाख ५० हजारवटा ल्याइने भएको छ । पछिल्लो समयमा नेपालमा पनि यस दिवसलाई ठूलो महत्वका साथ लिँदै आइएको छ । हरेक वर्षयो दिवस मनाउने मानिसको संख्या बढ्दै गएकाले स्वदेशमा उत्पादन बढेको भए पनि आयात गर्नुपरेको फ्लोरीकल्चर एसोसिएसनका उपाध्यक्ष कुमार कसजुले बताए । उनका अनुसार गत वर्षयस दिवसका लागि स्वदेशको उत्पादन र विदेशबाट आयात गरेको गरी दर्ुइ लाखवटा रातो गुलाब खपत भएको थियो । खपत भएकामध्ये एक लाखवटा स्वदेशको उत्पादन हो भने अरु बाहिरबाट ल्याइएका हुन् । यस वर्ष१५ प्रतिशतले माग बढेकाले एक लाख ५० हजारवटा बाहिरबाट ल्याउने तयारी रहेको छ । यस वर्षा लागि स्वदेशबाट पनि एक लाखभन्दा बढी संख्यामा गुलावको फूलको कारोबार गरिनेछ । प्रेमको प्रतीकका रूपमा रहेको रातो गुलाबको फूल काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला र तर्राईका केही जिल्लामा व्यावसायिक रूपमा खेती हुँदै आएको छ । एसोसिएसनका अनुसार गत वर्षप्रतिगोटा फूल रु ५० देखि रु ६० मा बिक्री गरिएको थियो । यस वर्षपनि त्यही अनुपातमा नै कारोबार हुनेछ । केही समयअघि सहरी क्षेत्रमा मात्र मनाइने यो दिवस अहिले ग्रामीण भेगका मानिसले पनि महत्वका साथ लिने गरेका छन् । यो दिवस हरेक वर्षफेब्रुअरी १४ तारिखमा मनाइने गरिन्छ । उक्त दिन उपहारका रूपमा यो फूलको प्रयोग गर्ने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार