महिलालाइ धितोबिनै ५ लाख ऋण
काठमाडौं, २१ माघ । सरकारले महिलालाई आयआर्जनमा लगाउन तथा उनीहरुको उद्यमशीलता विकास गर्न बिनाधितो ५ लाख रुपैँया ऋण दिने भएको छ ।सरकारले यो सुविधा ६ प्रतिशत ब्याजमा ३ वर्षका लागि उपलब्ध गराउने छ ।
पहिलो चरणमा काठमाण्डु, भक्तपुर, कालिकोट, बाजुरा, कैलाली र खोटाङका उद्यमी महिलाले मात्र ऋण पाउने उद्योग मन्त्रालयले जनाएको छ ।
धेरैभन्दा धेरै महिलालाई आयआर्जनमा लगाउन र पुँजी आभाव हुन नदिन सरकारले यस्तो कर्जा सुविधा ल्याएको मन्त्रालयकी सह–सचिव यामकुमारी खतिवडाले बताइन् ।
उनका अनुसार साँवा र ब्याज अझ १ प्रतिशत घट्नेछ । औधोगिक नीति–०६७ अनुसार लघु घरेलु तथा साना उद्योग सञ्चालन गर्ने महिला उद्यमीलाई सहज ढंगले बिनाधितो कर्जा उपलब्ध गराउन भन्दै सरकारले २ बर्षअघि बजेटमार्फत महिला उद्यमशीलता कोष स्थापना गरेको थियो ।