लोडसेडिङ घट्ने
काठमाडौं, २३ माघ। नेपाल विद्युत प्राधिकरणले एकघण्टा लोडसेडिङ घटाउने तयारी गरेको छ । लोडसेडिङ घटाउन शुक्रबारदेखि भारतबाट थप २० मेगावाट विजुली आयात गर्ने प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले बताए । उनका अनुसार नेपालको कुसाहादेखि भारतको कटैयासम्मको प्रसारण लाइनमा अत्याधुनिक कन्डक्टर फेरेर क्षमता बढाईएको छ र त्यहि प्रसारण लाइनबाट थप २० मेगावाट विजुली आयात गरिनेछ ।
यस्तै मर्मत सम्भारमा रहेको मध्य मस्र्याङदी आयोजनाले पनि शुक्रबारदेखि नै उत्पादन थाल्ने भएकाले १ घण्टा लोडसेडिङ घट्ने क्षेत्रीले बताए । मर्मतका लागि भन्दै मध्य मस्र्याङदी जलविद्युत आयोजना १५ दिनदेखि बन्द थियो ।