स्विस बैंकमा रहेको ५ अर्ब ४० करोडको छानबिन हुने

२०७१ माघ २७ गते, मंगलवार

काठमाडौं, २७ माघ ।स्विटजरल्याण्डको बैंकमा नेपालीको ५ अर्ब ४० करोड रुपैंया रहेको सार्वजनिक भएपछि यसले हंगामा मच्चाएको छ । त्यहाँको निजी बैंक एचएसबीसी प्राइभेट बैंकको अकाउन्टमा ८ नेपालीका रकम भेटिएको खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आईसीआईजेले सार्वजनिक गरेको हो ।
एउटा व्यक्तिको खातामा झण्डै साढे चार करोड डलर र बाँकी अरु सातजना नेपालीको नाममा रहेको भेटिएको छ । तर ती नेपाली को हुन् भन्ने खुलाइएको छैन । कर छली वा कर चोरीबाट रकम लुकाइएको हुन सक्ने आशंका गरिएको छ । अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिले त्यसको सुरक्षा र कर छलीका लागि स्विस बैंकमा राख्ने गर्छन् । अवैध सम्पत्ति राखेका आठ नेपालीबारे सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले छानबिन गर्ने जनाएको छ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार