जबरजस्ती चन्दा उठाउने प्रहरीको फन्दामा

२०७१ फाल्गुन १२ गते, मंगलवार

काठमाडौ, १२ फागुन। डरधम्की देखाएर जबरजस्ती चन्दा संकलन गर्दै हिँडेको अबस्थामा महानगरीय प्रहरी बृत्त थिमिले संयुक्त जातीय मुक्ति मोर्चाका केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ । प्रहरी बृत्त थिमिमा म‌गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै बृत्त प्रमुख एवं प्रहरी नायव उपरीक्षक भीमकिरण बोगटीले चन्दाका लागि प्रयोग भएका बिभिन्न सामग्री सहित मोर्चाका केन्द्रीय सदस्य पाङ्पाङ् ९ सिन्धुपाल्चोकका २२ वर्षीय युवराज लामा भन्ने फिरोज तामाङ्गलाई पक्राउ गरिएको बताए ।
निजले आईतबार राती भण्डै ८: ३० बजे मध्यपुरथिमि नगरपालिका ३ बोडे बस्ने कुमारी लामाको घरमा गई डरधम्की दिई ७० हजार रुपैया जबरजस्ती चन्दा माग्दा दुबैबीच विवाद चर्किएको खबर आएपछि प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती चन्दा मागेर धम्क्याई रहेको थाहा पाएपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
तामाङ्गको साथबाट मोर्चाको केन्द्रीय समितिका नाममा चन्दा रसिद, बिभिन्न ठाउँमा चन्दा माग्नका लागि तयारी अबस्थामा राखेको पत्र, ईन्चार्ज रवि लेखिएको करिब ५० हजार थान पोष्टर, पर्चा, पम्प्लेट, स्ट्याम्प प्याड लगायतका सामाग्रीहरु बरामद भएको प्रहरी नायव उपरीक्षक बोगटीले जानकारी दिए ।
अनुसन्धानका क्रममा ईन्चार्ज रबि पनि तामाङ्ग आफै भएको खुल्न आएको जानकारी दिदै उहाँले सोमबार चन्दा ऐन अन्तर्गत मुद्दा चलाई म्याद थप गरेर थप अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार