वीपी राजमार्ग निर्माण कार्य सम्पन्न

२०७१ फाल्गुन १२ गते, मंगलवार

काठमाडौ, १२ फागुन। राजधानी काठमाडौंलाई तराईका जिल्लाहरुसंग छोटो दुरीमा जोड्ने गरी निर्माण भएकोे धुलिखेल–सिन्धुली–बर्दिबास सडक (वीपी राजमार्ग)को निर्माण कार्य सम्पन्न भएको छ । राजधानीबाट पूर्वी तराईका जिल्लाहरुमा यातायातका साधनहरुमा आवागमन गर्नका लागि समय र दुरी छोटिन पुगेको छ । करिब पाँच घण्टामा राजधानीबाट पूर्वी तराईका जिल्लाहरुमा पुग्न सकिने छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासबाट सिन्धुलीमाडी हुंदै काभ्रेको धुलिखेलसम्म कुल १ सय ५८ किलो मिटर लम्बाईको धुलिखेल–सिन्धुली–बर्दिबास सडकको निर्माण सम्पन्न भएपछि बर्दिबासबाट धुलिखेलसम्म पुग्न हल्का सवारी साधनहरुलाई ४ घण्टाको समय लाग्ने गरेको छ ।
जापान सरकारको सहयोगमा १८ वर्षअघि सुरु भएको उक्त सडकका सम्पूर्ण निर्माण कार्य सम्पन्न भईसकेको छ । धुलिखेल–सिन्धुली–बर्दिबास राजमार्गलाई चार खण्डमा बिभाजन गरी बि.सं.२०५२ सालदेखि निर्माण सुरु गरिएको थियो । सडक आयोजनाका अनुसार सडक निर्माणको क्रममा हालसम्म २० अर्ब रुपैयांभन्दा बढी खर्च भईसकेको छ । हालको अवस्थामा उक्त सडकखण्ड नेपालकै उत्कृष्ट सडकको रुपमा रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार