पेट्रोलियम क्षेत्रका डनहरु
काठमाडौ, १३ फागुन। पेट्रोलियम व्यवसायमा ‘डन’का रुपमा चिनिने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेलगायत ग्यास माफियाहरुका कारण नेपालमा ग्यासको कृत्रिम अभाव देखिन पुगेको छ । नेपाल आयल निगमका कोटा अनुरुप ग्यास उपलब्ध हुँदै आए पनि घिमिरेलगायत ग्यास व्यवसायमा चलखेल गर्नेहरुकै कारण अहिले अभाव सिर्जना हुन पुगेको बताइन्छ ।
पछिल्लो समय बाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाका विश्वास पात्रका रुपमा उभिएका घिमिरेले मन्त्रीकै आडभरोसामा ग्यासमा कृत्रिम अभाव सिर्जना गरिरहेको बताइन्छ । नेपाल ग्यास अभाव हुनुको पछाडि घिमिरेको पहलमा भारतमा ग्यास ओसार्ने बुलेट लुकाएको कारण रहेको बताइन्छ । उनले बीस–बाइस दिनअघि ग्यास ओसार्ने ५०–६० थान बुलेट भारतमा लुकाएर राखेका कारण ग्यास आपूर्ति सहज हुन नसकेको हो ।