सगरमाथाको व्यवसायिक उडान सुरु

२०७१ फाल्गुन १५ गते, शुक्रबार

काठमाडौं,१५ फाल्गुन । नेपाल वायुसेवा निगमको नयाँ एअरबस ‘सगरमाथा’ले आजदेखि व्यवसायिक उडान सुरु गरेको छ ।निगमको एअरबस ‘ए थ्री ट्वेन्टी’ले शुक्रबार सयजना यात्रु बोकेर काठमाडौं–नयाँ दिल्ली रुटमा पहिलो व्यवसायिक उडान गरेको हो ।दिल्ली पुगेपछि विमान शुक्रबारै बिहान सवा १० बजे काठमाडौं फर्किने जनाइएकोछ ।
यसअघि भारतीय विमान नियामक निकायलाई कागजात पुर्‍याउन ढिलाइ भएपछि गत बुधबार गर्ने भनिएको पहिलो व्यवसायिक उडान हुन सकेको थिएन ।
निगमले हप्तामा चार दिन दिल्ली उडान गर्नेछ । दिल्लीको लागि एकतर्फी भाडा ७ हजार ८४ रुपैयाँ र दुईतर्फी भाडा १५ हजार १ सय ११ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार