सुनको भाउ ओरालो लाग्यो

२०७१ फाल्गुन २५ गते, सोमबार

काठमाडौं,२५ फागुन । हिजो अाइतबार सुनको भाउ तोलामा ११ सय रुपैंयाले घटेपछि सुन बजारमा केहि चहलपहल बढेको छ । उपभोक्ताको चहलपहल बढेपनि भाउ सोध्नको लागि मात्र उपभोक्ता छिर्ने गरेको ललितपुर सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष रुपकुमार शाक्यले बताए । उनका अनुसार अझैपनि सुनको भाउ घट्छ कि भनेर उपभोक्ता पर्ख र हेरको मनस्थितिमा छन् ।यसपाली विवाहको सिजनमा पनि सुनको कारोबार आशा गरे जति नभएकोमा हिजो भाउ घटेकोमा सुनव्यवसायीहरु आशावादी भएका छन् ।
गएको वर्ष यो महिनामा दैनिक ४० किलो भन्दा बढी कारोबार भएकोमा यसपाली आधा जति मात्र कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भएको उतार चढाव र देशको राजनीतिक अस्थिरताका कारण सुन बजारमा निराशा छाएको हुन सक्दछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार