लोडसेडिङ घट्ने – नयाँ तालिका सहित

काठमाडौं, ३० फागुन । नेपाल विद्युत प्राधिकरणले चैत २ गतेदेखि लोडसेडिङ घटाउने भएको छ । अहिले दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा सोमबारदेखि ९ घण्टा मात्र लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार विद्युत चुहावट नियन्त्रणमा केही सुधार आएसँगै मध्य मस्र्याङ्दी लगायतका विद्युत आयोजनामा गरिएको सुधार र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना सञ्चालन गरेर लोडसेडिङ घटाउन लागिएको हो । चैत ५ गतेदेखि सुरु हुने एसएलसी परीक्षालाई समेत ध्यान दिएर प्राधिकरणले लोडसेडिङ घटाउने निर्णय गरेको हो ।