अपर तामाकोशीको शेयर वितरण प्रक्रिया रोक्न माग

२०७१ चैत्र १ गते, आईतवार

काठमाडौं, १ चैत। दोलखाबासीहरुले आयोजना सम्पन्न हुने मिति ग्यारेन्टी गरिनुपर्ने, स्थानीयबासीका लागि छुट्याएको १० प्रतिशत सेयर विद्युत उत्पादन भएपछि मात्रै निष्कासन गर्नु पर्ने लगायतका माग राखी शेयर वितरण प्रक्रिया नै रोक्न माग गरेका छन् । दोलखाबासी १६ बुँदे माग अघि सार्दै अपर तामाकोशी हाईड्रो पावर कम्पनी विरुद्ध आन्दोलित भएका हुन् ।
अपर तामाकोशी सरोकार संघर्ष समिति गठन गरी उनीहरुले शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर आफ्ना १६ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणै गरेका हुन् ।
समितिले स्थानीयबासीलाई छुट्याएको १० प्रतिशत सेयर विद्युत उत्पादन भएपछि मात्रै निष्कासन गर्नु पर्ने, दोलखाको अतिप्रभावित गाविसलाई दिईने भनिएको शेयर सुनिश्चित गर्नु पर्ने, आयोजनामा कार्यरत मजदुरलाई पनि अरु कर्मचारी सरह शेयर दिनु पर्ने, ऋण प्रवाह गर्ने सस्थालाई ब्याज वा सेयरको एक मात्र ब्यवस्था गर्नु पर्ने र आयोजनाको लागत बढाउन नपाईने माग अघि सारेको छ ।
त्यस्तै बातावरणीय प्रभाव मुल्याङकनको रकम प्रभावित गाविसमा मात्र खर्च गर्नु पर्ने, आयोजना सम्पन्न हुनु पर्ने मिति निश्चित गर्नुपर्ने, शेयर जारी हुनु अघि निर्देशिका जारी हुनुपर्ने, लाभांश वितरणको मिति तय गर्नु पर्ने उनिहरुको माग छ ।
दोलखाबासीलाई थप १० प्रतिसत शेयर निशुल्क दिनु पर्ने, जनतालाई साधारणसेयर दिदा आयोजना जमानी बसी न्यून ब्याजदरमा रकम दिनु पर्ने, विदेशमा रहेका दोलखाबासीका हकवालालाई शेयर दिनु पर्ने र जिल्ला स्थित समन्वय समितिमा संघर्ष समितिका एक प्रतिनिधि हुनु पर्ने माग पनि उनीहरुले अघि सारेका छन ।
संघर्ष समितिका अध्यक्ष केशब चौलागाईले आफूहरुको मागलाई बेवास्ता गरे कडा संघर्ष गर्ने चेतावनी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार