काठमाडौ – ढाका सिधा बस सेवा
काठमाडौ, २२ चैत । काठमाडौं र ढाकाबीच सीधा बस सेवा सञ्चालनको पहल थालिएको छ । नेपाल -बंगलादेशका वाणिज्य सहसचिव स्तरीय प्राविधिक समितिको बैठकमा यसलाई मुख्य एजेन्डाको रुपमा राखिएको छ । हालै भारतको नयाँ दिल्ली सीधा बस सेवा सूचारु भएपनि अन्य देशसँगके यो पहिलो प्रयास हो । समितिको बैठक दुई सातापछि राजधानीमा बस्दैछ ।