पिसाब पनि अैंइचो पैंचो !

२०७१ चैत्र २५ गते, बुधबार

काठमाडौँ । काठमाडौं लगायतका शहरमा बनेका सार्वजनिक शौचालयमा एक पटक पिसाब फेर्दा ५ रुपैयाँ तिर्नुपर्छ तर चितवनमा पिसाब फेर्दा उल्टो तपाईले १ रुपैयाँ पाउनु हुन्छ । चितवनको दारेचोक गाविसको कुरिन्टारमा पिसाब फेर्दा पैसा तिर्नु पर्दैन बरु तपाईले एक रुपैयाँ पाउनुहुन्छ । पिसाब फेरेबापत एक रुपैयाँ दिने अभियान दारेचोकका श्रीरेन्द्र पोखरेलले सुरु गरेका हुन् । राजमार्गको छेउमा बनाएको सार्वजनिक शौचालय बाहिरै ‘पिसाब फेरौं, एक रुपैयाँ लैजाऔं’ लेखेर उनले २०६४ सालबाटै मानवमुत्र अर्थात पिसाब संकलन गरिरहेका छन् । पिसाब संकलनबाट शुरु भएको श्रीरेन्द्रको अभियान अहिले इकोशान रिसोर्स सेन्टरसम्म पुगेको छ । सेन्टरको छेउमै बनाएको शौचालय बाहिर ‘पिसाब फेरौं, एक रुपैयाँ लैजाऔं’ लेखेको बोर्ड राखेका छन् । २०६४ सालदेखि ‘इकोसान’ प्रविधिबाट पिसाब संकलन गर्न थालेका श्रीरेन्द्र पोखरेल दारेचोक–५, माझगाउँ माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक हुन् । जागिरबाट ३ वर्ष बेतलबी बिदा लिएर उनले पिसाब संकलनको अभियान सुरु गरे । उनी भन्छन्, ‘चितवनको दारेचोकमा अहिले पिसाबको अैँाचो पैंचो चल्छ । तपाइँलाई विश्वास नलाग्ला तर अहिले गाउँका महिला घाँस काटन जाँदा बोतल बोकेर जान्छन् । पिसाब लागेपछि त्यही बोतलमा पिसाब गरेर घर आउँदा घाँस दाउरा सँगै पिसाब बोकेर फर्किन्छन् ।
पिसाब प्रयोग गरेर उत्पादन गरिएको बाली सप्रेको देखेपछि गाउँभरिका मानिसले पिसाब संकलन गर्न थालेका छन् । सुरुमा गाउँलेहरु पिसाब जम्मा पारेर तरकारी वा खेतबारीमा हाल्न घिनाए पनि । पोखरेल भन्छन्, ‘सुरुमा गाउँलेले सजिलै मानेनन् । एक महिनासम्म भाँडोमा राखेपछि पिसाबमा भएका सबै किटाणु मर्ने र नाइट्रोजनको मात्रा बाँकी रहने बताएँ । अहिले मान्छेले पिसाबलाई धन मान्न थालिसके । गाउँघरमा पिसाब पैचौं चल्न थाल्यो । छरछिमेककहाँ पिसाब पठाउने चलन चलिसक्यो ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार