आफूखुसी राहत उठाउनेमाथि कारबाही

२०७२ बैशाख १६ गते, बुधबार

काठमाडौं, १६ बैशाख । नवलपरासीका भूकम्पपीडितलाई राहत भन्दै विभिन्न सङ्घसंस्थाका नामबाट चन्दा असुली सुरु भएपछि प्रशासनले त्यसमा कडाइ गरेको छ ।प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले प्रशासनको पूर्व अनुमतिबिना जथाभावी राहत उठाउनेलाई कारबाही गर्ने बताए ।अनुमतिबिना अपारदर्शी ढङ्गले राहत सङ्कलन गर्दा वास्तविक पीडितको घरमा नपुग्ने भएकाले जवाफदेहिता र पारदर्शिता अपनाउन एकद्वार प्रणाली लागू गरिएको उनले बताए ।दर्जनौँ सङ्घसंस्थाले भूकम्पपीडितका लागि भन्दै टोलैपिच्चे राहत उठाउन थालेपछि प्रशासनले स्थानीय एफएममा सूचना प्रसारण गरेर कडाइ गरेको जनाउ दिएको हो । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार