भूकम्पका कारण मृत्यु हुने छ हजार दुई सय चार पुग्यो

२०७२ बैशाख १८ गते, शुक्रबार

काठमाडौँ, १८ वैशाख । यही शनिबार र आइतबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या छ हजार २०४ जना पुगेको छ ।
गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १३ हजार ९३२ पुगेको छ । भूकम्पका कारण १० हजार ३९४ सरकारी घर पूर्ण रुपमा क्षति भएका छन् । आंशिक रुपमा १३ हजार ८८० घर क्षति भएका छन् ।
सर्वसाधारणका एक लाख ३८ हजार १८२ पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख २२ हजार ६९४ भर घर क्षति भएका छन् ।
गृह मन्त्रालयका अनुसार पूर्वाञ्चलमा ५२ को मृत्यु र ३०९ घाइते, मध्यमाञ्चलमा सबैभन्दा बढी पाँच हजार ७३५ मृत्यु र १२ हजार ४०३ घाइते, पश्चिमाञ्चलमा ४१५ मृत्यु र एक हजार १९६ घाइते र मध्यपञ्मिाञ्चलमा दुईको मृत्यु र २४ घाइते र सूदूर पश्चिमाञ्चलमा भूकम्पबाट कुनै पनि मानवीय क्षति भएको छैन ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार