टेलिकमको निशुल्क सेवा समाप्त

२०७२ बैशाख १८ गते, शुक्रबार

काठमाडौ ,१८ वैशाख । नेपाल टेलिकमले नेपालमा शनिबार दिउँसो १२ बजेदेखि विहीबार राति १२ बजेसम्मको आफ्नो टेलिफोन र माेबाइल सेवा निशुल्क भएको जनाएको छ । टेलिकम प्रवक्ता प्रतिभा बैद्यका अनुसार त्यसपछिको अवधीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिक कल, डाटा र एसएमएस निशुल्क गरिएको हो ।विहीबार राति १२ बजेपछि भने कल, डाटा र एसएमएसको शुल्क लाग्नेछ । प्राविधिक कारणले रिचार्ज हुन नसके पनि कल तथा एसएमएस गर्ने सुविधा हुने तर पछि शुल्क काटिने टेलिकमले जनाएको छ । एडीएसएल सेवाको लागि बैशाख महिनाको लागि एक हप्ताको अवधि थप गरिएको बैद्यले जानकारी दिइन् ।
भूकम्पपछि विभिन्न स्थानमा वाईम्याक्समार्फत आईफाई हटस्पट निशुल्क उपलब्ध गराइएको टेलिकमले जनाएको छ । बिहीबारदेखि बैशाख ३१ सम्म हटस्पट सेवा निशुल्क हुनेछ । कम्पनीले गृह र सञ्चार मन्त्रालयको समन्वयमा पीडितको उद्दारको जानकारी दिन १२३४ नम्बरको निशुल्क हटलाइन सेवा उपलब्ध गराएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार