नेपाललाई ४१ अर्बभन्दा बढी रकम आवश्यक–राष्ट्र संघ

२०७२ बैशाख १९ गते, शनिबार

काठमाडौँ । संयुक्त राष्ट्रसंघले नेपालमा आएको महाभूकम्पबाट पीडितहरूलाई सामान्य जनजीवनमा ल्याउन तत्कालका लागि ४१ अर्व ५० करोड राहत सहयोग आवश्यक पर्ने बताएको छ । राष्ट्रसंघको मुख्यालय न्यूयोर्क, जेनेभा र काठमाडौं स्थित कार्यालयबाट एकै पटक अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको हो । ५ हजार बढी नेपालीको ज्यान गएको छ भने १० हजार बढी घाइते रहेको अवस्थामा ७० हजार घरहरू ध्वस्त भएका छन भने ५ लाख ५३ हजार बढी घरहरू कुनै न कुनै रुपमा क्षतिग्रस्त भएका छन् ।
संयुक्त राष्ट्रसंघले शनिबार आएको महाभुुकम्पमा परेर करिव एक करोड नेपाली प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएको बताएको राष्ट्रसंघले आफ्नो आन्तरिक र सरकारसँगको संयोजनमा गरेको प्रारम्भिक अध्ययनमा त्यस्तो अवस्थाको प्रारम्भिक आंकलनको रुपमा जानकारी दिएको हो । प्रभावित ३९ जिल्ला मध्ये ८० लाख कम प्रभावित स्थानमा र अत्यन्त प्रभावित ११ बढी जिल्लामा २० लाख जनता प्रभावित भएको छ । यति धेरै नेपाली प्रभावित भएकोमा दुःख ब्यक्त गर्दै उनीहरूको जीवनस्तरलाई तत्काल साधारण अवस्थामा ल्याउनको लागि राष्ट्रसंघले राष्ट्रसंघीय राहात कोषबाटै तत्कालका लागि १५ मिलियन अमेरिकी डलर (एक अरब ५० करोड) रुपैयाँ छुट्याएको जानकारी मंगलबार दिएको थियो । यसैबीच एसियाली विकास बैकले ३० करोड नेपाली रुपैयाँ सहयोग गरेको छ । मोरक्कोले पनि नेपाललाई एक करोड रुपैयाँ सहयोग गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार