एक लाख पाल ल्याइदै

२०७२ बैशाख २१ गते, सोमबार

काठमाडौं, २१ बैशाख । सरकारले सोमबार भारतबाट झण्डै एक लाख पाल ल्याउने भएको छ । भूकम्प पीडितले पाल नपाएको गुनासो गरेपछि सरकारले पाल ल्याउने तयारी गरेको हो ।अहिलेसम्म १ लाख ५५ हजार पाल वितरण भैसकेको गृह मन्त्रालयले जनाएको छ । तर ४ लाखभन्दा धेरै आवश्यक पर्ने भएकाले भारतबाट स्थलमार्ग हुँदै एकलाख पाल नेपाल ल्याउने तयारी भैरहेको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताउनुभयो ।
उहाँका अनुसार सोमबार ल्याइएको पाल मंगलबार प्रभावित क्षेत्रमा पठाइनेछ । आइतबार हेलिकप्टर र स्थालमार्गको प्रयोग गरेर विभिन्न ठाउँमा राहत सामग्री पु¥याएको सरकारले सोमबार पनि यसलाई निरन्तरता दिनेछ ।
सरकारले सबैतिर समान रुपमा राहत सामग्री पुर्‍याएको बताएपनि पीडितले भने नपाएको गुनासो गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता ढकालले राहत नपाएकालाई प्रमख जिल्ला अधिकारी वा गाविसमा गाविस सचिवसँग सम्पर्क गर्न आग्रह गर्नुभयो । त्यो सम्भव नभए नजिकैको वितरण केन्द्र जान पनि उहाँले अनुरोध गर्नुभयो ।
यसैगरी आफन्त हराएकाले सरकारको हेल्पलाइन नम्बर १२३४ मा खबर गर्न सक्ने छन् । १२३४ नम्बरमा फोन गर्दा पैसा लाग्दैन । यो नम्बरमा जानकारी गराएपछि मन्त्रालयले खोजी तथा उद्धारमा सहयोग गर्ने प्रवक्ता ढकालको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार