भूकम्पपीडितलाई २ प्रतिशतमा आवास कर्जा

२०७२ बैशाख २४ गते, बिहीबार

काठमाडौं, २४ बैशाख । राष्ट्र बैंकले बुधबार गरेको नयाँ व्यवस्थाअनुसार भूकम्पपीडितले बैंक तथा वित्तीय संस्थाबाट २ प्रतिशत ब्याजदरमा घरकर्जा पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाले उपत्यकाभित्र प्रतिपरिवार बढीमा २५ लाख रुपैयाँसम्म र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्नेछन् । त्यसवापत बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकबाट शून्य प्रतिशत ब्याजदरमा पनकर्जा सुविधा पाउने व्यवस्था पनि गरिएको छ । कर्जाको समयावधि ६ महिनाको हुने छ । ‘राष्ट्र बैंक ऐन २०५८मा’ बढीमा ६ महिनाका लागि मात्र पुनकर्जा दिन सक्ने व्यवस्था छ । यद्यपि, ऋणीको आवश्यकताअनुसार कर्जा नवीकरण गर्न सकिने राष्ट्र बैंक स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार