शेयर बजार जेष्ठ १ गतेपछि

२०७२ बैशाख २६ गते, शनिबार

काठमाडौँ । महाभूकम्प पछि बन्द रहेको शेयर बजार आगामी जेष्ठ १ गतेदेखि खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाए अनुसार केही समस्याहरु आइपरेका कारण बैसाख भरी शेयर बजार बन्द गर्नुपर्ने भएको हो । विज्ञप्तिमार्फत् नेप्सेले बैशाख भरी शेयर बजार बन्द रहने जानकारी दिएको छ । भूकम्पका कारण सिडिएस एन्ड क्लियरिङका केही समस्या उत्पन्न भएको छ । त्यसैगरी केही सेयर रजिस्टार र केही धितोपत्र ब्रोकर कम्पनीमा पनि सामान्य क्षति भएको छ । शेयर बजारमा अरु समस्या नरहेको पनि नेप्सेले जनाएको छ । सामान्य क्षतिको मर्मत गरेर जेष्ठ १ गतेदेखि शेयरबजार खोल्ने तयारी गरिएको जनाइएको छ । मूलत भूकम्पपछि राहात र उद्दारमा लाग्नुपरेकाले शेयर बजार खुल्न समय लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार