दोलखा-रामेछाप -काठमाडौं सडक अवरुद्ध

२०७२ बैशाख ३० गते, बुधबार

काठमाडौं , ३० वैशाख । मंगलवार अपरान्ह आएको शक्तिशाली भूकम्पका कारण दोलखा तथा रामेछापका सडकहरु अवरुद्ध भएका छन् । भूकम्पसँगै ठूला ठूला भीरबाट ढुंगाहरु झरिरहेका र पहिरो समेत गएका कारण सडयक यात्रा जोखिमपूर्ण रहेको छ । ग्रामीण सडकहरु धेरै नै अवरुद्ध छन् ।
नेपाल प्रहरीका अनुसार दोलखाको शहरे गाविस वडा नम्बर ४ मा पहिरो गएका कारण रामेछाप सदरमुकाम मन्थली र दोलखा सदरमुकाम चरिकोट जोड्ने प्रमुख राजमार्ग अवरुद्ध भएको छ ।मन्थलीबाट अघि बढेका गाडी खिम्तीबाट निस्कने अवस्था छैन । त्यसतै काठमाडौं मन्थली जोड्ने वीपी राजमार्गमा ठूलो पहिरो नगए पनि सवारी चलेका छैनन् ।
त्यस्तै दोलखाकै लामाबगर सिंगटी सडक खण्ड अवरुद्ध बनेको छ । चरिकोटबाट काठमाडांै आउने अरनिको राजमार्गको लाँकुरी डाँडा सडक खण्ड पनि अवरुद्ध छ ।
लाँकुरीडाँडाको झिगानेमा पहिरो गएका कारण काठमाडौं आउने सवारी साधन अघि बढ्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार