त्रिपालमा ठगि गर्ने प्रहरीको फन्दामा

२०७२ जेष्ठ २ गते, शनिबार

काठमाडौं , २ जेठ ।प्रहरीले कालिमाटीबाट महंगो मूल्यमा त्रिपाल बिक्री गरेको आरोपमा दुई व्यापारी पक्राउ गरेको छ । पक्राउ गर्नेमा काभ्रे घर भई कालिमाटीमा पसल गर्ने केशव श्रेष्ठ र अमित श्रेष्ठ छन् । उनीहरुले एउटा त्रिपालमा ६ सयदेखि १२ सयसम्म बढी मूल्य लिएको पाइएको छ ।
भूकम्पको विपदका बेलामा त्रिपालहरु महंगो मूल्यमा सूचनाका आधारमा महानगरीय मपराध महाशाखाका प्रहरी उपभोक्ता बनेर कालिमाटी क्षेत्रमा पुगेका थिए । त्यस क्रममा एक हजार पर्नेलाई १६ सय र १८ सय र्पोलाई २५ सय तथा २५ सय पर्नेलाई ३७ सय भनेका थिए ।
खरिद गरी बिल काट्न अनुरोध गर्दा प्साधारण बिलमात्र काटि सामान उपलब्ध गराएपछि सादा पोशाकका प्रहरीले आफ्नो परिचय दिएका थिए त्यसक्रममा कारवाही नगर्न भनेको र त्यसबापत मिलाउछु भनि अनुचित प्रलोभनमा समेत पार्न खोजेको महाशाखाले जनाएको छ ।उनीहरुलाई तीन थान त्रिपाल र बिलसहित आवश्यक कारवाहिका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी बुझाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार