भूकम्पले पुर्‍याएकोे क्षतिबारे तथ्यांक संकलन गरिँदै

२०७२ जेष्ठ ४ गते, सोमबार

काठमाडौ , ४ जेठ । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रका सरोकारवालाहरुलाई पत्राचार गरी भूकम्पले पुर्‍याएको क्षतिबारे तथ्यांक माग गरेको छ ।सरकारको सल्लाहकारसमेत रहेकोराष्ट्र बैंकले भूकम्पले कुन-कुन क्षेत्रमा के कति आर्थिक क्षति पुर्‍यायो भनेर तथ्यांक संकलन गर्न थालेको हो । ‘भूकम्पले के कति क्षति गर्‍यो भनेर वित्तीय क्षेत्रसँग सरोकार राख्ने निकायहरुसँग विवरण माग गरेका छौं’ राष्ट्र बैंक परिसरमा टाँगिएको त्रिपालभित्रैबाट डेपुटी गभर्नर महाप्रसाद अधिकारीले अनलाइनखबरसँग भने- तथ्यांक आउन थालिसकेको छ । हालसम्म करिब दर्जन संस्थाहरुले क्षतिको विवरण बुझाइसकेका छन ।
तथ्यांक संकलन पश्चात भूकम्पले पुर्‍याएको असर कम गर्न सरकारले उपयुक्त नीति अबलम्बन गर्ने अधिकारीले जानकारी दिए । भूकम्पले कर्जाको किस्ता प्रभावित हुन सक्ने र बैंक तथा वित्तीय संस्थाको चालु आर्थिक बर्षको नाफा नै प्रभावित हुन सक्ने अनुमान गरिएको छ । राष्ट्र बैंकले सेवामुलक, उत्पादनमूलक र ट्रेडिङ सबै क्षेत्रसँग क्षतिको विवरण मागेको हो ।‘भूकम्पले देशको अर्थतन्त्रमा खर्बौंको क्षति पुर्‍याएको छ । सम्पूर्ण तथ्यांक आइसकेपछि यसलाई कसरी अवसरकोरुपमा बदल्ने भन्नेतर्फ हाम्रो ध्यान केन्दि्रत हुनेछ ।’ उनले भने । संयुक्त राष्ट्र संघले भूकम्पले नेपालमा १० खर्बको हाराहारीमा आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार