पुर्नकर्जासम्बन्धी कार्यविधि लागू
काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकले भुकम्पले घरबार गुमाएकाहरूलार्इ घर बनाउनका २ प्रतिशत व्याजदरमा १० वर्षसम्म ऋणा उपलब्ध गराउने व्यवस्था गर्न लागेको छ । बुधबार सार्वजानिक गरिएको सहुलियत ऋणसम्बन्धी कार्यविधिको मस्यौदामा शून्य व्याजदरमा बैंकहरूलार्इ बढीमा १० वर्षसम्म पुनर्कर्जा उपलब्ध गराउने प्रस्ताव छ । राष्ट्र बैंकले विनाशकारी भूकम्पका कारण आवासीय घर क्षतिग्रस्त भएका भूकम्प प्रभावित घर–परिवारलार्ई घर पुनःर्निमाणका लागि प्रवाह गरिने पुर्नकर्जासम्बन्धी कार्यविधि लागू गरेको हो ।आवासीय कर्जामा नेपाल राष्ट्र बैंकले उपलव्ध गराउने पुर्नकर्जा प्रयोजनका लागि कार्यविधि लागू गरिएको हो । पुर्नकर्जाको अधिकतम् सीमा काठमाडौैं उपत्यकामाप्रति घरपरिवार २५ लाख र उपत्यकाबाहेकका प्रभावित जिल्लामा १५ लाखसम्मको ऋण सुविधाको आवासीय घर पुनःर्निर्माण प्रयोजनका लागि मात्र हुने केन्द्रीय बैंकले जनाएको छ ।यो सुविधा ऋणी तथा निजको परिवारका सदस्यहरुसँग बस्न योग्य आवासीय घर नभएको अवस्थामा मात्र उपलव्ध गराइने छ । बैंक तथा वित्तीय संस्थाले आवासीय घर पुनःर्निर्माण प्रयोजनका लागि प्रदान गर्ने ऋणमा अधिकतम् २ प्रतिशत सम्म मात्र ब्याजदर लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।सो प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले शून्य व्याजदरमा पुर्नकर्जा सुविधा उपलव्ध गराउने छ । बैंक वा वित्तीय संस्थाले कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।
यस्तो कर्जामा व्याज बाहेक अन्य कुनै पनि प्रकारको शुल्क लिन नपाइने राष्ट्र बैंकले जनाएको छ । यस्तो कर्जाको अवधि न्यूनतम ५ वर्ष र अधिकतम् १० बर्षसम्मको हुनेछ ।